Uncategorized

छिमेक समाज सेवा संस्थाका अध्यक्ष ज्यूको मन्तव्य

WhatsApp Image 2025-05-26 at 13.36.32_6028863d

C छिमेक समाज सेवा संस्था श्रीमती भुवनेश्वरी पन्तको सकृयतामा नेपाली समाजमा पछाडी परेका र पारिएका समुदायका सामाजिक, आर्थिक र सास्कृतिक विकास गर्ने उद्धेश्यले २०४८ साल जेष्ठ ८ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्था हो ।
आफ्नो स्थापनाको वर्ष देखि आजका मिति २०८२/०२/०८ सम्मको ३४ वर्ष यात्रामा यस्ले काठमाण्डौ देखि तराई, पहाड, हिमाल सम्मका अति विपन्न वर्ग समुदायमा धेरै खालको योजनाहरु संचालन गरि लाखौ नागरिकहरुलाई लाभांवित बनाएको छ ।


यो संस्थाले सरसफाई कार्यक्रम, सिलाई बुनाई कार्यक्रम, बाल शिक्षा कार्यक्रम, पौढ शिक्षा कार्यक्रम, आमाहरुको आय आर्जन कार्यक्रम, खानेपानी योजना निर्माण, लघुवित्त कार्यक्रम, विपन्न परिवार लाई आवास सेवा प्रदान लगायत विभिन्न जिल्लामा विभिन्न प्रकारका कामहरु गरिरसकेका छ ।
हाल यो संस्थाले दातृ संस्थाको कार्यक्रम भन्दा पनि आफ्नै श्रोत साधनको प्रयोग गरेर स्थानिय निकायहरु संग हातेमालो गरी विकासात्मक कामहरु गरिरहेको छ । जस्तै विपन्न परिवार लाई आवास अन्तर्गत चितवन जिल्ला माडी नगरपालिकामा चेपाङ्ग समुदायको लागी ८३ वटा घर निर्माण गरि उद्यमशिलता विकास कार्यक्रम गरिरहेको छ भने महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ६, विश्वम्भरपुरमा चमार समुदायको लागी ७ घर निमार्ण कार्य सम्पन्न भएको छ सोही समुदायको लागी स्थानिय निकाय (नगरपालीका) ले ५ घर निर्माण गर्ने प्रकृर्यामा रहेकोछ । त्यसै गरी जाजरकोट जिल्ला नलगाड नगरपालिका १ मा भुकम्प पिडित २१ परिवारलाई घर निर्माण सम्पन्न गरि हाल उद्यमशिलता विकास कार्यक्रमहरु संचालन गरिरहेको छ त्यसै गरि बाके जिल्ला कोलहपुर नगरपालिका १४ हवल्दापुरमा चिडिमार खटिक समुदायको लागी ८ वटा पक्कि घर निमार्ण कार्य संचालन भैरहेकोछ ।


आर्थिक वर्ष २०८२/८३ मा विपन्न र पछाडी परेका समुदायमा काम गर्ने लक्ष्य राखेको छ । बाके जिल्लाका वादि समुदाय र महोत्तरी जिल्लाका मुसहर समुदायका परिवारलाई लक्षित वर्गमा राखेको छ ।
यस संस्थाको पहलमा छिमेक लघुवित्त वित्तिय संस्था स्थापना भएकोे छ । यसैगरि अन्य विभिन्न संस्थाहरु छिमेक बजार ब्यवस्थापन र छिमेक एकाडेमी यसै सस्थाको अगुवाइमा खुलेकाछ्न । सवै संस्थाहरुले आफ्नो लक्ष्य अनुसार काम गरिरहेका छ्न ।
यस छिमेक समाज सेवा संस्थाले अति विपन्न समुदायहरुलाई उत्थान गर्ने र भावि दिनहरुमा संस्थाले लघुवित्तका विपन्न समुदायहरुले आफुले उत्पादन गरेका बस्तुहरु विक्रीका लागी ठुलो समस्या भोगीरहेको परिपेक्षमा यस तर्फ पनि आफ्ना पाइला अगाडी बढाउने लक्ष्य राखेको छ । संस्थाको उद्धेश्य पुरा गर्ने कार्यमा आ–आफुले आ–आफ्नो विषयगत विज्ञता अनुसार सहयोग गर्न म यस संस्थाका सम्पूर्ण शुभचिन्तकहरुलाई अनुरोध गर्दछु । साथै हाल सम्म संस्था संग जोडीएर सेवा दिनु भएका सम्पूर्ण महानुभाव हरुलाई धन्यवाद दिन चाहन्छु ।


अन्त्यमा संस्थाको संस्थापक अध्यक्ष स्वर्गिय भुवनेश्वरी पन्त र दिवंगत संस्थापक ज्यूहरुलाई उहाँहरुले आजिवन संंस्थालाई दिनुभएको योगदान लाई स्मरण गर्दै हार्दिक श्रदान्जली प्रकट गर्दछु ।

RAM CHANDRA JOSHI
अध्यक्ष
छिमेक समाज सेजा संस्था

Write A Comment