About Us

Neighborhood Society Service Center (NSSC)

Neighborhood Society Service Center (NSSC), Chimmek Samaj Sewa Sanstha in Nepali, is a non-political, non-profitable and non-governmental organization established in 1991 (2048 B.S.) under Organization Registration Act. NSSC has a humble beginning with its office in Maitidevi Pati, in Kathmandu. It carried out primary & basic service in the field of Non Formal Education & Adult Education classes and conducted Health & Hygiene Awareness Campaigns.

It is affiliated with Social Welfare Council. The society was established with an aim to bring socio-economic change leading to qualitative improvement in the livelihood of people living in poverty.

छिमेक समाज सेजा संस्थाको परिचय

छिमेक समाज सेवा संस्था २०४८/०२/०८ संघ संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रसाशन कार्यालय काठमाण्डौमा दर्ता भएको संस्था हो । यो संस्थाले समाजमा रहेको सामाजिक असमानता, कुरिति, पछौटेपन, शिक्षाको अभाव लगायत विभिन्न क्षेत्रमा कार्य गर्ने उद्येश्य लिई कार्य गरिरहेको छ ।

संस्थाले सुरुवातका दिनहरुमा मैतिदेवि मन्दिरमा स्कुल नगई दिनभरी खेलिरहने वच्चाहरुलाई अनौपचारीक शिक्षा दिने कार्य गरेको थियो जसमा संस्थाले वालवालिका लाई पढाइको साथ दिवा खाजा पनि दिने गरेको थियो । अर्थात दिवा खाजाको लोभमा वालवालिकाहरु पढन थालेका थिय । यो कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष स्वर्गिय श्रीमती भुवनेश्वरी पन्तको ब्यक्तिगत पहलमा सुरुवात भएको थियो । यो कार्यक्रम २०५३ साल सम्म संचालित थियो ।

केहि समय पछाडी संस्थाले मन्दिरको पाटिमा स्वास्थ्य जाच क्लिनिक पनि संचालन गरेको थियो । जुन सेवाले धेरै महिलाहरुलाई सहयोग पुर्याएको थियो । यो कार्यक्रम २०५५ सम्म संचालित थियो । पछि यो कार्यक्रम वन्द गरियो ।

यसै गरि संस्थाले काठमाण्डौ नगरपालिका र वडा नं. ३२ संग मिलेर मैतिदेवि चोक र घट्टेकुलो क्षेत्रमा सरसफई कार्यक्रम संचालन गरियो क्रमिक रुपले अष्ट्रेलियन राजदुतावासको आर्थिक सहयोगमा मैतिदेवि क्षेत्रका महिलाहरुलाई सिलाई तालिम कार्यक्रम संचालन गरियो ।

संस्थाको विकास क्रममा २०५१ म चितवनको माडि क्षेत्र (हाल माडि नगरपालिका) मा “महिलाको आय आर्जन र बच्चाहरुको शिक्षा” कार्यक्रम संचालन गरियो । त्यस लगतै २०५१ बाट महोत्तरी जिल्लाको रामगोपालपुर गा.वि.स ( हाल रामगोपालपुर नगरपालीका) मा पनि महिलाहरुको आय आर्जन कार्यक्रम संचालन गर्यो ।

आय आर्जन कार्यक्रम लगतै संस्थाले जाचपास प्रोजेक्टको सहयोगमा महोत्तरीको रामगोपालपुरमा खानेपानि र सरसफाईको तिन वटा योजना संचालन गर्यो । संस्थाले खानेपानि योजना निरन्तर संचालन गरि चितवन, नुवाकोट, इलाम र काठमाण्डौमा गरि २७ वटा योजना सम्पन्न गरिसकेको छ । जसमा कुल ………….. परिवार लाभान्वित भएका थिय ।

समयक्रममा संस्थाले महिलाहरुको आय आर्जनको कार्यक्रमलाई नेपाल राष्ट्र बैक बाट सिमित बैकिङ कारोवार गर्ने अनुमति लिई नेपाल भरी विस्तार गर्दै गयो । जुन कार्यक्रम २०५८ कार्तिक …… गते देखि छिमेक लघुवित्त वित्तिय संस्था मार्फत गर्न हस्तान्तरण गरियो ।

हाल संस्थाले सामाजिक कार्यक्रम मात्र गर्ने गरेको छ । जस अन्तर्गत माडि नगरपालिका वडा नं. ९ मा चेपाङ्ग समुदायका लागी स्थाइ बसोवासको निम्ति २ कोठे घर निर्माण गरेको छ । उक्त वस्तिमा संस्थाले आफ्नो आन्तरीक श्रोत बाट ३६ घर निर्माण गरेको छ ।
चितवन जिल्लामा नमुना वस्ति निर्माण पस्चात संस्थाले मधेशको आफ्नो उदगम जिल्ला महोत्तरीको रामगोपालपुर नगरपालिकाको ६ नं वडाको चमार वस्तिमा मधेशका अति विपन्न दलित चमार समुदायको लागी ७ घर निर्माण गरि सकेको छ । यस पस्चात २०८० कार्तिक मा गएको भुकम्पमा परि धेरै धनजनको क्षति भएको जाजरकोट जिल्ला नलगाड नगरपालिका वार्डनं. १ चिउरि मिलनचोकमा २ कोठे घर निर्माण गरिएको छ ।

संस्थाले हाल वाके जिल्ला कोहलपुर नगरपालिका वडा नं. १४ मा रहेको चिडिमार र खटिक समुदायको लागी ८ घर निर्माण गरिरहेकोछ ।

इसरी नियमित रुपमा संस्थाले आफ्नो कार्यक्रम बाट समाजका विपन्न परिवारका सदस्यहरुलाई सेवा दिन पाएकोमा संस्थाले आफ्नो उद्धेश्य आत्मसाथ गरिरहेको छ ।